मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसमा अन्तरक्रिया

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसमा अन्तरक्रिया

दैलेख भदौ २० गते ।
शनिवार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औँ राष्ट्रिय दिवस । ‘मानव बेचबिखन तथा ओसारपसारको अन्त्य : सुसंस्कृत, सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य’ भन्ने मुल नारा सहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाईएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीकै बीचमा देशभर भर्चुअल माध्ययमद्धारा अन्तरक्रिया, छलफल लगाएतका कार्यक्रम गरी दिवस मनाईएको छ ।
दैलेखको भैरबी गाउँपालिकाका बालबालिकाहरुले पनि मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औँ राष्ट्रिय दिवसको अबसरमा अन्तरक्रिया गरेका छन् । एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत संचालित महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजनाको सहजिकरणमा बालबालिकाहरुले अन्तरक्रिया गरेका हुन् ।


भैरबी गाउँपालिका–५ मा गठित चिल्ड्रेन सेफ बाल क्लबका अध्यक्ष ममता शाहीको अध्यक्षतामा अन्तरक्रिया भएको आधार परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले बताइन् । अन्तरक्रियामा समाज सुधार बाल क्लब र चिल्ड्रेन सेफ बाल क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा मानव अधिकार भनेको के हो, मानव बेचबिखनलाई रोक्ने उपाए, समाजका कोही पनि नागरिक बेचबिखन हुनबाट कसरी जोगिने, मानव बेचबिखन रोक्न बालबालिकाको भूमिकाबारे छलफल भएको थियो ।

प्रतिक्रिया