प्रहरी चौकीलाई मोटरसाइकल

प्रहरी चौकीलाई मोटरसाइकल

दैलेख भदौ २१ गते ।
जिल्लाको भैरबी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको प्रहरी चौकीलाई मोटरसाइकल प्रदान गरेको छ । गाउँपालिकाले भैरवी प्रहरी चौकीलाई एक थान मोटरसाइकल प्रदान गरेको हो । जनताको सेवामा निरन्तर खटिरहने प्रहरी चौकीलाई मोटरसाइकल प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । शान्ति, सुरक्षा चुस्त दुरुस्त होस् भन्ने उद्देश्यले मोटरसाइकल दिइएको गाउँपालिकाले जनाएको छ ।
भैरवी गाउँपालिका दैलेखका अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी विष्ट, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली, इन्जिनियर हीरासिंह थापा, प्रहरी चौकी इन्चार्ज गोपीलाल खड्का लगायत भैरवी गाउँपालिका अन्य जनप्रतिनीधि र कर्मचारीको उपस्थितिमा सवारी साधन मोटरसाइकल हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया