दुल्लु अस्पतालका डा. पूजा विसी र नगरपालिका रिजाल पुरस्कृत

दुल्लु अस्पतालका डा. पूजा विसी र नगरपालिका रिजाल पुरस्कृत

दैलेख भदाै २२ गते ।  जिल्लाको दुल्लू नगरपालिकाले दुल्लु नगरभित्र कार्यरत २ जनालाई पुरस्कृत गरेको छ । दुल्लु नगरपालिकाको आयोजनामा १७ औँ निजामती सेवा दिवस स्वच्छ र सक्षम निजामती प्रशासन समृद्धि र सुशासन भन्ने नाराका साथ सम्पन्न गर्दै सो अवसरमा उनिहरुलाई पुरस्कृत गरिएको हो ।

दुल्लु अस्पतालमा कार्यरत डा. पूजा बिसी र दुल्लु नगरपालिकामा कार्यरत खरिदार धुर्व रिजाललाई जनही १५ हजार नगद रासी पुरस्कारसहित प्रसंशापत्र प्रदान गरिएको दुल्लु नगरपालिकाले जनाएको छ ।

सोमबार उनिहरुलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख घनश्याम भण्डारीले करार श्रेणीबिहिन देखि उपसचिवसम्मका सबैलाई समान सेवा दिइएको र सेवामा कुनै प्रकारको विभेद नहुने तथा नागरिकलाई मुस्कानसहितको सार्वजनिक सेवा र बस्तु प्रदान गर्न अनुरोध गर्नु गरेको बताए ।

सेवाप्रवेश गरेका सबैका सेवाको सुरक्षा दुल्लु नगरपालिकाले गर्ने र अधिकार सँगै कर्तब्यमा ध्यान दिन सबैलाइ आग्रह गर्नुका साथै राम्रो काम गर्ने जो कोहिलाई पनि पुरस्कृत गरिने धारणा ब्यक्त गरे । ज्ञानमणी नेपालको अध्यक्षता उपप्रमुख विष्णु थापाको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया