विस्थापित परिवारले पाए राहत

विस्थापित परिवारले पाए राहत

दैलेख भदौ २८ गते ।
लगातारको बर्षातले घर भत्किएर विस्थापित भएका घर परिवारलाई राहत उपलब्ध गराईएको छ । नारायण नगरपालिका वडा नम्बर २ का तीन घर परिवारलाई खाद्यान्न सहित राहत सामग्री उपलब्ध गराईएको हो । घर भत्किएर विस्थापित भएका स्थानीय सगुनतला भट्टराई, कृपा दमाई र कृष्णबहादुर थापाको परिवारहरुलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले राहत सहयोग उपलब्ध गराएको हो । डिसीए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले राहत उपलब्ध गराएको हो ।
प्रतिपरिवार २५ केजीको एक बोरो चामल, २ केजी चिनी, २ केजी नुन, २ सय ग्राम चियापत्ती, २ केजी दाल, २ लिटर तेल, ५ वटा कपडा धुने साबुन र ५ वटा नुहाउने साबुन उपलब्ध गराईएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार विस्थापित परिवारहरुलाई प्रतिपरिवार एक वटा पाल, १५ मिटर पिफर्म र ड्रम उपलब्ध गराईएको हो ।
आइतवार नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कोषाध्यक्ष कृष्णा रावत, उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठ लगाएतको उपस्थितीमा राहत स्वरुप सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया