दैलेखमा ३.५ रेक्टर स्केलको भुइँचालो

दैलेखमा ३.५ रेक्टर स्केलको भुइँचालो

दैलेख असाेज २५ गते । शनिवार राती दैलेख लगाएत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ । दैलेखको नारायण नगरपालिका वडा नं. १० भवानी केन्द्रबिन्दु बनाएर ३.५ रेक्टर स्केलको भुइँचालो गएको हो । १० बजेर ४३ मिनेटमा आएको भूकम्पको धक्का दैलेख लगाएत आसपासको क्षेत्रमा पनि पुगेको हो । भूकम्प मापन केन्द सुर्खेतमा इपिसेन्टर र कम्पनको मात्र रेकर्ड भएको भूकम्प मापन केन्द्र सुर्खेतका दिपक बस्नेतले जानकारी दिए ।
डेढ मिनेट भन्दा बढी समयसम्म जमिन हल्लिएको कारण दैलेख लगायत छिमेकी जिल्ला सुर्खेत, जाजरकोट र अछामको सिमा क्षेत्रसम्म भूइँचालोको धक्का गएपछि स्थानीय त्रसित भएका थिए । रातीको जमिन हल्लाएको कारण नागरिकहरु त्रसित भएपनि यसको क्षतिबारे कतैबाट जानकारी नआएका दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए ।

प्रतिक्रिया