सात जना जुवाडे पक्राउ

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३, स्थित ऐरिचोक नजिकै एक होटलमा जुवातास लेखिरहेका सातजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ एक लाख तीन हजार पाँच सय ३५ रूपैयाँसहित उनीहरूलाई शक्तिराम रोकायले सञ्चालन गरेको तीनलोने होटेलबाट प्रहरीले पक्राउ गरेको हो।
वीरेन्द्रनगर नगरपालिका–३, बस्ने ४२ वर्षीय चक्र शाही, ४० वर्षीय जीवन शाही, ३० वर्षीय तपेन्द्र शाही, नवीन शाही, ३३ वर्षीय बन्जिर शाही, ४३ वर्षीय गणेश शाही, ४६ वर्षीय कठकबहादुर शाही र ३९ वर्षीय निमबहादुर शाहीलाई नगद रूपैयाँसहित पक्राउ गरेका जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
प्रतिक्रिया