३८ दिन देखि बेपत्ता पुरुष मृत अवस्थामा फेला

३८ दिन देखि बेपत्ता पुरुष मृत अवस्थामा फेला

दैलेख : जिल्लाको नारायण नगरपालिका–२ कुसाडाका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गत असोज २२ गतेदेखि हराईरहेका ३४ बर्षिया राजकुमार राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।
मानसिक सन्तुलन ठिक नभएका राना ३८ दिनपछि मृत अवस्थामा फेला परेको डिएसपी श्रेष्ठले जानकारी दिए । शुक्रवार साँझ नारायण नगरपालिका–२ त्याजे खोलामा मृत अवस्थामा शव भेटिएको हो । डिएसपी श्रेष्ठका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि शव दाहसंस्कारको लागी आफन्तको जिम्मा लगाईएको छ । उक्त घटनाको थप अनुसन्धान प्रक्रिया थालिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया