२५ टेकिन् साम्राज्ञी

२५ टेकिन् साम्राज्ञी

काठमाडौं : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मंगलबार २५औं वर्षमा टेकेकी छन्। भुवन केसी निर्मित ‘ड्रिम्स’बाट कलिउड प्रवेश गरेकी शाहको पहिलो फिल्म हिट भयो।उनी केहीअगाडि अभिनेता केसीसँग विवादमा तानिएकी थिइन्। यौन दुव्र्यवहारको आरोपपछि केसीले क्षतिपूर्ति दाबी गर्दै उनीविरुद्ध मुद्दासमेत हालेका थिए। 

‘ए मेरो हजुर २’ फिल्म पनि हिट भएपछि उनलाई पछाडि फर्केर हेर्नु परेको छैन। लकडाउनमा अरू नायिका खाली भए पनि उनले तीन फिल्ममा साइन गरेकी छन्। ‘तिमीसँग’, ‘कायर’, ‘रातो टीका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लन्डनमा ’लगायत फिल्ममा शाहले अभिनय गरेकी छन्।

प्रतिक्रिया