अन्तराष्ट्रिय बाल दिवस : भैरबीमा छुट्टाछुट्टै कार्यक्रम

अन्तराष्ट्रिय बाल दिवस : भैरबीमा छुट्टाछुट्टै कार्यक्रम


दैलेख : एईआएन लक्जेम्बर्गको आर्थिक सहयोग, भैरबी गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको समन्वयमा भैरबी गाउँपालिका–४ स्थित हिमालय बाल संजालको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको छ । अन्तराष्ट्रिय बाल अधिकार दिवसको अबसरमा अन्तरक्रिया गरिएको हो । बाल संजालका सदस्य बिना शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा भैरबी गाउँपालिका–३ का वडाध्यक्ष देवी भण्डारी, भैरबी गाउँपालिका–४का कार्यवहाक अध्यक्ष भूमिनन्द उपाध्याय, भैरबी गाउँपालिका–५ का कार्यवहाक अध्यक्ष सिता विक र भैरबी गाउँपालिका शिक्षा शाखा प्रमुख दिपक प्रसाद खनाल लगाएत बाल क्लबका सदस्यहरु सहभागि थिए ।
दिवसको अबसरमा आयोजित कार्यक्रममा बाल अधिकार, संरक्षण, बाल हिंसा तथा दुव्र्यवहार, बाल विवाह, मर्यादित महिनावारी, अभिभावकको आचारसंहिता लगाएतका बारेमा छलफल गरिएको छ । भैरबी गाउँपालिका वडा नम्बर ३, ४ र ५ को संयुक्त रुपमा आयोजित कार्यक्रममा सहभागिहरुले बाल अधिकार संरक्षणमा प्रतिबद्ध रहेको बताएका छन् ।


यस्तै भैरबी गाउँपालिका वडा नम्बर ६ र ७ को संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरिएको छ । अन्तराष्ट्रिय बाल दिवसको अबसरमा भैरबी गाउँपालिका वडा नम्बर ६ स्थित पञ्चकोशी बाल संजालको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । बाल संजालका अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीराम पुरी, शिक्षक राजन न्यौपाने, अभिभावक डिल्लीप्रसाद पौडेल लगाएत स्थानीय बालबालिका सहित ५५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बाल हिंसा र दुव्र्यवहार, बाल अधिकार र कतव्र्य, बाल विवाह र बाल श्रम लगाएतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागि अथितीहरुले बाल विवाह रोक्न प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया