भैरबीमा १५ शैयाको अस्पताल शिलान्यास

भैरबीमा १५ शैयाको अस्पताल शिलान्यास

आधारभूत अस्पतालको शिलान्यास कार्यक्रममा मन्तव्य राख्नु हुँदै कर्णाली प्रदेशसभा सदस्य सुशील थापा ।

दैलेख : नेपाल सरकारले ३ सय ९६ वटा पालिकामा ५,१० र १५ शैयाको अस्पताल बनाई स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्य अनुसार दैलेख जिल्लाको भैरवी गाउँपालिकामा पनि अस्पतालको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ भैरिकालिकाथुममा कर्णाली प्रदेशसभा सदस्य सुशील थापाले १५ बेडको आधारभूत अस्पतालको शिलान्यास गरेका हुन् । भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा उपाध्यक्ष पदमकुमारी बिष्टले स्वागत मन्तब्य राखेकी थिइन् । कार्यत्रममा प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली तथा राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा जग्गा दाता भैरवी गाउँपालिका नम्बर ४ निवासी प्रेम वहादुरथापा लगाएतसम्पूर्ण परिवारलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया