योजना समिति र मर्मत सम्भार कार्यकर्तालाई दुई दिने तालिम

योजना समिति र मर्मत सम्भार कार्यकर्तालाई दुई दिने तालिम

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा सञ्चालित तल्लोरक्चना खानेपानि तथा सरसफाई योजना र कोईरालखोला खानेपानी तथा सरसफाई योजनाका समिति र ग्रामीण मर्मत सम्भार कार्यकर्तालाई ब्यवस्थापन दोश्रो तालिम प्रदान गरिएको छ । हेल्भेटास नेपालको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमद्धारा सञ्चालित योजनाका समिति र ग्रामीण मर्मत सम्भार कार्यकर्तालाई दुई दिने तालिम प्रदान गरिएको हो । उक्त तालिममा खानेपानी योजना सम्पन्न पश्चात योजनालाई दिगोपना, मर्मत सम्भार कोष वृद्धि, ग्रामीण मर्मत सम्भार कार्यकर्तालाई परिचालन, समितिको काम, कर्तव्य र जिम्मेवारी, ग्रामीण मर्मत सम्भार कार्यकर्ताको काम, कर्तव्य र जिम्मेवारी एवं पूर्णसरसफाईका सुचकहरूको नियमित प्रयोग तथा सम्भार जस्ता कुराहरु बारे जानकारी गराईएको बताईएको छ ।

प्रतिक्रिया