कर्तव्य ज्यानका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

कर्तव्य ज्यानका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले कर्तव्य ज्यानका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले फरार अभियुक्त जिल्लाको आठविस नगरपालिका वडा नं. ५ बस्ने ६५ बर्षिया तुलबहादुर बस्नेतलाई ११ बर्षपछि पक्राउ गरेको हो । उनलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दैलेख जिल्ला अदालत दैलेखको लगत नं. २८१ मा उल्लेख भए अनुसार २०६६ असार २३ गतेको फैसला आदेशले उनलाई ५ महिना १४ दिन कैद सजाय तोकिएको थियो । पक्राउ परेका बस्नेतलाई कैद जरिवाना भुक्तानीको लागी दैलेख जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।
यसैबिच प्रहरीले कुटपिट मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । दैलेखको आठविस नगरपालिका वडा नं. ५ बस्ने ५३ बर्षीया कोधर्मराज जैशीलाई पक्राउ गरेको हो । दैलेख जिल्ला अदालतको लगत नं. ९३१ मा उल्लेख भए अनुसार २०७६ जेठ १३ गतेको फैसला आदेशले जैसीलाई दुई हजार रुपैयाँ जरीवाना तोकिएको छ । उनलाई पनि घरवतनमा घुमफिर गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका जैसीलाई कैद जरिवाना भुक्तानीको लागी दैलेख जिल्ला अदालत दैलेखमा उपस्थित गराईएको छ ।

प्रतिक्रिया