रुखबाट खसेका २४ बर्षीया युवकको उपचारको क्रममा मृत्यु

रुखबाट खसेका २४ बर्षीया युवकको उपचारको क्रममा मृत्यु

दैलेख : जिल्लाको महाबु गाउँपालिकामा रुखबाट खसेका २४ बर्षीया युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा महाबु गाउँपालिका–२ डुङ्ग्री का लोकबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनि शनिवार राती आफ्नो घरबाट ५ सय मिटरको दुरीमा रहेको आलु बारीमा बँदेललाई लखेट्न गएका थिए । बँदेल लखेट्ने क्रममा बँदेलले आक्रमण गर्न आउँदा आफ्नो ज्यान जोगाउन सालको रुखमा चढेको ती युवक रुखको हाँगा भाँचिदा खसेर घाईते भएका थिए । घाइते भएका ती युवकलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय/दैलेख अस्पताल ल्याईएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया