५ बर्षीय बालिका बलात्कारको आरोपमा एक पक्राउ

५ बर्षीय बालिका बलात्कारको आरोपमा एक पक्राउ

जिल्ला प्रहरी कार्यालय दैलेख ।

दैलेख : दैलेख प्रहरीले पाँच बर्षीया बालिका बलात्कारको आरोपमा एक जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार पक्राउ पर्नेमा नारायण नगरपालिका–८ सिमडाका ३५ बर्षीया रामबहादुर बिक रहेका छन् । घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए ।
स्थानीय एक व्यक्तिले उक्त घटनाबारे प्रहरीलाई खबर गरेलगत्तै खटिएको प्रहरी टोलीले बिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । पक्राउ परेका ती पुरुषलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रकृया थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया