दैलेखमा पनि मनाइयो पृथ्वी जयन्ती (फोटोफिचर)

दैलेखमा पनि मनाइयो पृथ्वी जयन्ती (फोटोफिचर)


दैलेख : २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम दैलेखमा पनि मनाइएको छ । राप्रपा दैलेखले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो । राप्रपा दैलेखले ¥याली निकाल्दै दैलेख सदरमुकाम स्थित बजार परिक्रमा नै गराएको थियो । स्थानीय गणेश चोकबाट निकालिएको ¥याली डेकेन्द्र चोक, देवकोटा चोक हुँदै खुला मञ्च टुडिखेलमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो ।
¥यालीमा सहभागीहरुले राजतन्त्र मार्न पाइँदैन, राष्ट्रिय एकता जिन्दावाद, राजा आऊ, देश बचाऊ लगायतका नारा लगाएका थिए । सभामा बोल्ने वक्ताहरुले संघियता खारेज गर्नुपर्ने, राजतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने, नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको सम्मान गर्नुपर्ने धारणा राखेका थिए ।

तस्विरहरू :

प्रतिक्रिया