मिनिट्रक भित्र चालक मृत अवस्थामा भेटिए

मिनिट्रक भित्र चालक मृत अवस्थामा भेटिए

दैलेख : जिल्लाको दुल्लु नगरपालिका–१ तल्लो डुङ्गेश्वरमा मिनि ट्रक भित्र चालक मृत अवस्थामा फेला परेका छन् । गत आइतवार सुर्खेतबाट दैलेख दुल्लु तर्फ सामान बोकी साँझपख दुल्लु नगरपालिका वडा नं। १ तल्लो डुङ्गेश्वर बजार पुगी मिनि ट्रकको सिटमा सुतेका मिनिट्रक चालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । लु अ अ। मा। ९८१४ नम्बरको मिनिट्रक चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका– १० बस्ने ४५ बर्षीया गंगा बहादुर सुनार मृत अवस्थामा फेला परेका हुन् । उक्त घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया