‘थ्यांक गड’मा रकुल र अजय

‘थ्यांक गड’मा रकुल र अजय

मुम्बई : अजय देवगन र फिल्म निर्देशक इन्द्र कुमारले बलिउडमा धेरै वर्षदेखि सहकार्य गर्दै आएका छन्।‘इस्क’को सफलतादेखि अहिलेसम्म उनीहरूले कैयौं फिल्ममा एकसाथ काम गरे। एक पटक फेरि उनीहरू सँगै काम गर्न थालेका छन्। उनीहरूले निर्माण गर्न लागेको फिल्मको नाम ‘थ्यांक गड’ राखिएको छ। यो फिल्ममा अजयको साथमा रकुल प्रीत सिंह र सिद्धार्थ मल्होत्रा पनि हुनेछन्। यो कमेडी फिल्ममा एउटा विशेष सन्देश हुनेछ। फिल्मको सुटिङ २१ जनवरी २०२१ बाट सुरु हुँदै छ। 
 

प्रतिक्रिया