घाँस काट्न जंगल हिँडेका ५८ बर्षीया पुरुषको मृत्यु

घाँस काट्न जंगल हिँडेका ५८ बर्षीया पुरुषको मृत्यु

दैलेख : जंगलमा घाँस काट्न गएका दैलेखका एक पुरुषको मृत्यु भएको छ । आठबीस नगरपालिका–३ निमाईलीका ५८ बर्षीया एबने बडुवाल मंगलवार घरबाट घाँस काट्न भनि जंगल हिडेका थिए । घाँस काट्न गएका बडुवाल घर नफर्किएपछि खोजी कार्य थालिएका थियो । खोजीका क्रममा उनको घर देखि एक किलोमिटर पूर्व निमाली खोला भिरमा घाइते अवस्तामा फेला परेका थिए । घाइते अवस्थामा भेटिएका बडुवाललाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाउने क्रममा बुधवार (आज) विहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया