बालविवाह मुद्धामा फरार पक्राउ

बालविवाह मुद्धामा फरार पक्राउ

दैलेख : दैलेख प्रहरीले बालविवाह मुद्धामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयद्धारा जारी प्रेस विज्ञप्तीमा जिल्लाको नारायण नगरपालिका वडा नं।(८ बस्ने २७ बर्षीया दुर्गा नेपालीलाई पक्राउ गरिएको उल्लेख छ । दैलेख जिल्ला अदालतबाट २०७६ असार १० गते बालविवाह मुद्धामा फैसला भई हालसम्म फरार रहेको उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका नेपालीलाई जिल्ला अदालत दैलेख पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया