फरार रहेका ३ जना पक्राउ

फरार रहेका ३ जना पक्राउ

दैलेख : दैलेख प्रहरीले बालविवाह मुद्धामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयद्धारा जारी प्रेस विज्ञप्तीमा जिल्लाको नारायण नगरपालिका वडा नं. ८ बस्ने २७ बर्षीया दुर्गा नेपालीलाई पक्राउ गरिएको उल्लेख छ । दैलेख जिल्ला अदालतबाट २०७६ असार १० गते बालविवाह मुद्धामा फैसला भई हालसम्म फरार रहेको उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका नेपालीलाई जिल्ला अदालत दैलेख पेश गरिएको प्रहरीले जनाएको छ ।
यसैबिच प्रहरीले कुटपिट मुद्धामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार नारायण नगरपालिका वडा नं.८ बस्ने २७ बर्षीया सन्तोष थापालाई पक्राउ परेका हुन् । दैलेख जिल्ला अदालतबाट २०७१ बैशाख २१ गते कुटपिट मुद्धामा फैसला भएपछि उनि हालसम्म फरार थिए ।
त्यसैगरी प्रहरीले दैलेख जिल्ला अदालतबाट २०७२ असार २१ गते दुनियाँवादी फौजदारी मुद्धामा फैसला भई हालसम्म फरार रहेको जिल्लाको नारायण नगरपालिका वडा नं. ७ बस्ने ३९ बर्षीया रेशम बहादुर रावतलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया