पत्रकार डेकेन्द्र हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

दैलेख : प्रहरीले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउ गरेको छ । पत्रकार थापाको हत्यामा संलग्न ठहर भएका दैलेखको महाबु गाउँपालिका–६ का ६८ बर्षीया जयबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । उनलाई प्रहरीले शनिवार पक्राउ गरेको हो । जिल्ला अदालत दैलेखले पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै शाहीलाई समेत दोषी ठहर गरेको थियो । अदालतको फैसला अनुसार शाहीले ४ महिना २९ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको डिएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका शाहीलाई दैलेख जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । तत्कालीन बिद्रोही नेकपा माओवादीले २०६१ साउन २७ गते पत्रकार थापाको हत्या गरेको थियो । पत्रकार थापालाई माओवादी कार्यकर्ताले नौमुले गाउँपालिका–३ द्धारीमा हत्या गरी खाल्डोमा गाडेका थिए ।
प्रतिक्रिया