असंवैधानिक कदम विरुद्धको आन्दोलनलाई दमन नगर्न सुझाव

असंवैधानिक कदम विरुद्धको आन्दोलनलाई दमन नगर्न सुझाव

दैलेख : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षीय अनेमसंघ दैलेखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असंवैधानिक कदम विरुद्धको आन्दोलनलाई दमन नगर्न सुझाव पठाएको छ ।
प्रधानमन्त्रीलाई सम्वोधन गरी पठाइएको ज्ञापनपत्रमा प्रतिनिधिसभा विघटन, रित नपुराएर संवैधानिक आयोगका पदाकारीहरुको नियुक्ति, शासन सञ्चालनको क्रियाकलापको विरोध गरेका छन् ।
अनेमसंघका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पार्वती बिशुन्के, अनेमसंघका जिल्ला संयोजक पदमा शाही, सहसंयोजक सावित्री मल्ल समेतको टोलीले दैलेखका सहायक प्रजिअ हरिप्रसाद देवकोटा मार्फत ज्ञापनपत्र पठाएको हो ।

प्रतिक्रिया