रोकिएन महिला हिंसा

रोकिएन महिला हिंसा

दैलेख : अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला समिति दैलेखले महिला हिंसाका घटना कमी नआएको जनाएको छ निकालेको छ । बुधवार जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत प्रधानमन्त्रीलाई अनेमसंघले बुझाएको ज्ञापन पत्रमा महिला हिंसा नरोकिएको उल्लेख गरिएको छ । नेपालमा सबै प्रकारका महिला हिंसा अन्त्य गर्ने संवैधानिक व्यवस्था गरेको छ । ती व्यवस्था कार्यान्वयनका लागि कानुन बनिसकेको छ ।
सबै प्रकारका हिंसा अन्त्यका लागि नेपाल सरकार प्रतिबद्ध समेत रहेको वर्तमान अवस्थामा समाजमा भने अझै पनि महिलामाथी विभिन्न प्रकारका हिंसा भईरहेको ज्ञापन पत्रमा उल्लेख छ । यस्तो अवस्था अन्त्यको लागि अनेमसंघले बारम्बार सरकार लगाएत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउँदै आएपनि दोषिमाथी अपेक्षाकृत रुपमा कारबाही हुन नसकेको ज्ञापनपत्रमा उल्लेख छ ।
अनेमसंघले पछिल्लो केहि समयदेखि राष्ट्रप्रमुखकै विरुद्ध सार्वजनिक रुपमा गाली गलौज गर्ने र विभिन्न लान्छनाहरु लगाई चरित्र हत्या गर्ने समेत काम भईरहेको आपत्ती जनाएको छ । माघ १६ गते गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा भएको एक राजनीतिक भेलामा नेपाल कम्युनिष्ट पार्टीकी नेतृ एवं सांसद रामकुमारी झाक्रीले सार्वजनिक रुपमै दिएको अभिव्यक्ति आपत्तीजनक रहेको ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र मार्फत झाक्रीलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम कारबाही गर्न माग गरेको अनेमसंघ दैलेखका संयोजक तप्तकुमारी थापाले बताइन् ।

प्रतिक्रिया