दैलेखमा बाेलेराे जीप दुर्घटना : चालक शख्त घाइते

दैलेखमा बाेलेराे जीप दुर्घटना : चालक  शख्त घाइते

दैलेख : दैलेखमा बोलेरो जीप दुर्घटनामा परेको छ । भगवतीमाई गाउँपालिका–३ मेहेलतोली स्थित पुग्याँबाट बेस्तडा हुँदै दैलेख सदरमुकाम तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च ००९७ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप दुर्घटना हुँदै चालक बिरेन्द्र बस्नेत घाइते भएका छन् । उनलाई उपचारका लागि दैलेख सदरमुकामतर्फ ल्याउन तयारी भईरहेको स्थानीय पदम खड्काले ज्वाला सन्देशलाई जानकारी दिए । जीपमा अन्य यात्रुहरु थिएनन् । ब्रेक फेल भई जीप दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । जीप सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया