चोरी गरेको आरोपमा एक पक्राउ

चोरी गरेको आरोपमा एक पक्राउ

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले चोरीमा संलग्न रहेका आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–१ का २५ बर्षीया भरत थापा दनुवार रहेका छन् । थापाले गत शुक्रवार दैलेखको गुराँस गाउँपालिका–६ का खगेन्द्र बिसीको घरबाट नगद रु एक लाख ८३ हजार पाँच सय रुपैयाँ र सामान समेत चोरी गरी फरार रहेका थिए । चोरी गरेको सुचनाका आधारमा थापालाई नारायण नगरपालिका–१ पुरानो बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दैलेख जिल्ला अदालतबाट दश दिनको म्याद थप अनुमती लिई थापामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया