बाघको आक्रमणबाट घाइते

बाघको आक्रमणबाट घाइते

बाघ आक्रमणका घाइते भएका चुलाराम।

बर्दिया: खेतमा पानी चाहार्ने क्रममा पाटेबाघले आक्रमण गर्दा एक किसान घाइते भएका छन् । बर्दियाको गेरुवा गाउँपालिका १ का ३५ वर्षीय चुलाराम थारु बाघको आक्रमणमा परी घाइते भएका हुन् ।  सोमबार बिहानै बाघ आक्रमणमा परेका थारुको टाउको, गर्धन र ढाडमा गहिरो चोट लागेको छ । खेतमा पानी चाहार्ने क्रममा बाघको आक्रमणमा परी घाइते भएका थारुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । बिहानको समयमा आक्रमणमा परेका थारुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।

प्रतिक्रिया