कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन

टीकापुर : कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ। गाउँपालिकाका अध्यक्ष रावलको काठमाडौं स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। 

मोहन्याल गाउँ पालिका सोल्टा स्थित आफ्नै घरमा बसिरहेका बेला अचानक मुर्छित भएका रावलको अन्नपूर्ण न्युरो हस्पिटलको सघन कक्षमा उपचार भैरहेको थियो। अध्यक्ष रावलको मंगलबार बिहान निधन भएको स्वकीय सचिव नरेन्द्र थापाले जानकारी दिए।

३ वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगको पीडित रहँदै आएका अध्यक्ष रावलको मस्तिष्कमा रक्तश्राव भएका कारण निधन भएको बताइएको छ। पञ्चायतकाल, बहुदल र गणतन्त्र शासन व्यवस्थामा समेत जनप्रतिनिधि रहेका रावल सुदुरपश्चिम कम्युनिष्ट आन्दोलनका एक अभिभावक मानिन्छन्। रावल तत्कालीन नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया