राष्ट्रिय जनगणनाको तयारी तीव्र, तथ्याङ्क संकलनमा कमजोरी हुन नदिन सुझाव

राष्ट्रिय जनगणनाको तयारी तीव्र, तथ्याङ्क संकलनमा कमजोरी हुन नदिन सुझाव

दैलेख : राष्ट्रिय जनगणना २०७८ का लागि दैलेख जिल्लास्तरिय सचेतना गोष्ठि सम्पन्न भएको छ । जिल्ला जनगणना कार्यालय दैलेखको आयोजनामा जिल्लास्तरिय सचेतना गोष्ठि सम्पन्न भएको हो । स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनीधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा पत्रकारहरुको सहभागितामा सचेतना गोष्ठि सम्पन्न भएको हो ।
बुधवार सम्पन्न जिल्लास्तरिय सचेतना गोष्ठिमा बोल्दै दैलेखका प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले जनगणनाले निर्वाचन क्षेत्र निर्धारण गर्नमा सहयोग पु¥याउने बताए । दुई वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा एक निर्वाचन क्षेत्र थप भई तीन वटा प्रतिनीधि सभा निर्वाचन क्षेत्र निर्धारण गर्न राष्ट्रिय जनगणना २०७८ ले सहयोग पु¥याउने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । उनले यस अघिका जनगणनामा धेरै नागरिकहरु छुटेको बताउँदै राष्ट्रिय जनगणना २०७८ मा कोही पनि नागरिक जनगणनाबाट छुट्न नहुने धारणा राखे । जनगणनामा स्थानीय तह र जनप्रतिनीधिको सहयोग महत्वपूर्ण रहने प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाई थियो ।
कार्यक्रममा लोपोन्मुख जाती राउटे नागरिकहरुलाई पनि जनगणनामा समावेश गर्नुपर्ने लगाएतका विषयमा छलफल भएको थियो ।

कार्यक्रमका सहभागिहरुले गणकलाई प्रत्येक घरदैलोमा पुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक संकलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन जनगणना कार्यालय दैलेखलाई सुझाव दिएका छन् । कार्यक्रममा जिल्ला जनगणना कार्यालय दैलेखका प्रमुख मोतिराम रोकायाले राष्ट्रिय जनगणना २०७८ को जानकारी तथा तयारीबारे जानकारी गराएका थिए । गोष्ठिमा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, अन्य जनप्रतिनीधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज र पत्रकारहरु सहभागि थिए ।
मुलुकभित्र बसोबास गरिरहेका सम्पूर्ण व्यक्तिहरुको निश्चित अवधीमा निश्चित विधि अपनाई पूर्ण रुपमा गणना गर्ने पक्रिया हो । जनगणना प्रत्येक १० बर्षमा एक पटक गर्ने गरिन्छ । राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौं जनगणना हो । नेपालमा वि.स. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । बाह्रौं जनगणना २०७८ को गणना कार्य २०७८ जेठ २५ देखि असार ८ सम्म सञ्चालन जनगणना कार्यालय दैलेखले जनाएको छ । जनगणनाको अन्तिम नतिजा २०७९ बैशाखमा सार्वजनिक हुनेछ । यस वर्षको जनगणनाको मूल नारा मेरो गणना : मेरो सहभागिता रहेको छ ।

प्रतिक्रिया