नारायणको जलवायू अनुकूलन कार्ययोजना बनाईँदै

नारायणको जलवायू अनुकूलन कार्ययोजना बनाईँदै

दैलेख : नारायण नगरपालिकाका ११ वटै वडामा जलबायू अनुकूलन कार्ययोजना बनाइने भएको छ । युथ एलायन्स फर इन्भाइरोमेण्ट संस्थाले कार्ययोजना बनाउन लागेको हो । दैलेखमा सम्पन्न कार्ययोजना तयारी बैठकले कार्यसूची तयारी गरेको संस्थाका फोकलपर्सन खुश्बु पौडेलले जानकारी दिइन् ।
तयारी बैठकले चैत ३० गते वडा नंं. १, चैत ३१ गते वडा नं. ४, त्यसैगरी वैशाख २ गते वडा नं. ७, वैशाख ३ गते वडा नं. ९, वैशाख ४ गते वडा नं. ८, वैशाख ५ गते एकै दिनै वडा नं. ३ र ६ मा, वैशाख ६ गते वडा नं. ११, वैशाख ९ गते वडा नं. १०, वैशाख १० गते वडा नं. ५ र वैशाख ११ गते वडा नं. २ मा स्थलगत रुपमा जलबायू परिवर्तनको असर भोगिरहेका बस्तीमा पुगेर योजना बनाउने कार्यसूची बनाएको छ ।
युथ एलायन्स फर इन्भाइरोमेण्ट संस्थाका श्रोत व्यक्ति सम्झना वाग्लेले स्थानीय जलबायू अनुकूलन कार्ययोजनाको आवश्यकता, यस सम्वन्धी सरकारको नीति नियम, जलबायू परिवर्तनको असर रोकथामका उपाय र अनुकूलन रणनीति विषयमा सहजीकरण गरेकी थिइन् ।

प्रतिक्रिया