बालविवाह नगर्ने प्रतिबद्धता

बालविवाह नगर्ने प्रतिबद्धता

दैलेख : जिल्लाको गुराँस गाउँपालिका वडा नं ८ को गर्चामा सम्पन्न बृहत्तर यौनिकता शिक्षासम्बन्धि तालिममा सहभागी बालबालिकाहरुले २० वर्ष उमेर नपुगि विवाह नगर्ने प्रतिबद्धता गरेका छन् । उक्त तालिम सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारिमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत सञ्चालन गरिएको थियो । तालिममा वृहत्त यौन शिक्षा, माया प्रेम, लैङ्गिकताको आधारमा हुने हिंसा र हिंसा रोकथामका लागि अपनाईने प्रकृया लगायतका विषयमा छलफल गरिएको थियो । कक्षा ९ मा अध्ययनरत बालबालिकाहरूको सहभागितामा तालिम दुई दिन सम्म सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया