सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा केन्द्रलाई सहयोग

सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा केन्द्रलाई सहयोग

दैलेख : दैलेख जिल्ला स्थित सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा केन्द्रलाई सहयोग गरिएको छ । नारायण नगरपालिका–६ भुर्तीस्थित रेडक्रस माध्यामिक विद्यालय अन्तरगर्तको सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा केन्द्रलाई विभिन्न सामाग्रीहरु सहयोग गरिएको हो । गुराँस गाउँपालिकाको समन्वयमा, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले सहयोग उपलब्ध गराएको हो ।


मंगलवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सामग्री हस्तान्तरण गरिएको छ । संस्थाका कार्यबहाक अध्यक्ष टिकादेवी जैसीले सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा केन्द्रका शिक्षकलाई सामग्री हस्तान्तरण गर्नुभयो । केन्द्रलाई १० वडा डसना, १० वटा सिरानी, १० वटा बल्यांकेट, १० वटा तन्ना सहयोग गरिएको हो । यस्तै बाध्यवाधनका सामग्रीहरु मुरली र मादल तथा खेलकुदका सामग्री लुडो, चेस सहयोग गरिएको हो । झण्डै ४० हजार बराबरको रकम सहयोग गरिएको बताईएको छ । उक्त केन्द्रमा १० जना बालबालिकाहरु अध्ययनरत छन् ।

प्रतिक्रिया