कर्णालीको प्रदेशसभा बैठक वैशाख ३ गते बस्ने

कर्णालीको प्रदेशसभा बैठक वैशाख ३ गते बस्ने

सुर्खेत: कर्णाली प्रदेशसभाको सातौं अधिवेशन वैशाख ३ गते बस्ने भएको छ । छैटौं अधिवेशन अन्त्य भएको ६ महिनापछि शुक्रबार संसद् बैठक बस्ने भएको हो । मन्त्रिपरिषद्को बैठकले वैशाख ३ गते संसद् बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णाली सरकार अहिले अल्पमतमा छ । त्यसकारण पनि ३ गते बस्ने बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।सरकार अल्पमतमा परेपनि मुख्यमन्त्री शाहीले संसद्‌मै विश्वासको मत लिनेगरी तयारी गरिरहेका छन् ।

प्रतिक्रिया