मानसिक सन्तुलन गुमेको महिलाको उद्धार, उद्धारपछि मानवसेवा आश्रममा पठाईयो

मानसिक सन्तुलन गुमेको महिलाको उद्धार, उद्धारपछि मानवसेवा आश्रममा पठाईयो

दैलेख : दैलेखबाट मानसिक सन्तुलन गुमेको एक जना महिलाको उद्धार गरिएको छ । नारायण नगरपालिका–१ गणेश मन्दिर नजिकबाट उनलाई उद्धार गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित महिला र बालबालिका सेवा केन्द्र र ओ.सी.एम.सी. को सहयोगमा उद्धार गरिएको हो । ती महिलालाई उद्धारपश्चात पाँच दिनसम्म आपत्तकालिन आबासिय आश्रय सेवामा सुरक्षित र संरक्षणमा राखेर मानव सेवा आश्रम सुर्खेतमा पठाईएको छ । नारायण नगरपालिकासँगको समन्वयमा महिलाको सुरक्षा र संरक्षणका लागि मानव सेवा आश्रममा पठाईएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बाल अधिकार अनुगमन अधिकृत प्रभाकुमार विश्वकर्माले जानकारी दिए ।।

प्रतिक्रिया