नेविसंघले स्थापना दिवसमा रक्तदान

नेविसंघले स्थापना दिवसमा रक्तदान

दैलेख (राकमकर्णाली) : नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्थापना दिवसका अबसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । दिवसका अबसरमा आठबीस नगरपालिकाको राकमकर्णालीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल विद्यार्थी संघ आठबीस नगर कार्य समिति आठबीस नगरपालिका दैलेखको आयोजना तथा, आठबीस नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेत र नेपाल रेडक्रस सोसाइटी आठबीस उपशाखा राकमकर्णालीको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।


नेविसंघकाे ५२ औँ स्थापना दिवसको अबसरमा आयोजित रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको नेपाल विद्यार्थी संघ आठबीस नगर कार्य समिति आठबीस नगरपालिकाका अध्यक्ष नगेन्द्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिव भुपेन्द्र शाही, आठबीस नगरपालिकाका उपप्रमुख दिपा बोहरासहित २४ जनाले रक्तदान गरेका छन् । संकलित रगत नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र सुर्खेतमा पठाइएको छ ।

प्रतिक्रिया