हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा महिलाको मृत्यु

हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा महिलाको मृत्यु

दैलेख : दैलेखमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका–५ तलिगाउँ निबासी ६८ बर्षीया जौमती जैसीको मृत्यु भएको हो । उनि स्याउला लिन आफ्नै बारीमा गएकी थिइन् । बिहीवार साँझ चलेको हावाहुरीका कारण शिरिसको रुखको हाँगा भाँचिएर लाग्दा उनको मृत्यु भएको चामुण्डाविन्द्रासैनी नगरपालिका–५ का वडाध्यक्ष नारायण रेग्मीले बताए । उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष रेग्मीले बताए । स्याउला संकलन गरेर भारी बोक्नै लाग्दा अचानक हाँगो भाँचिएर शरिरमा लाग्दा उनको मृत्यु भएको वडाध्यक्ष रेग्मीले बताए ।

प्रतिक्रिया