सोसेकद्वारा स्वास्थ्य सामग्री सहयोग

सोसेकद्वारा स्वास्थ्य सामग्री सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले दुल्लु नगरपालिकालाई झण्डै सवा एक लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । डिसीए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रयोग हुने ती सामग्री सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।
शनिवार नगरपालिकामै पुगेर सामग्री हस्तान्तरण गरिएको हो । एक लाख ९ हजार ५ सय बराबरको आठ हजार थान नर्मल मास्क, २ सय एन नाइन्टी फाइभ मास्क, २४० एमएलको तीन सय बोटल हेण्ड स्यानीटाइजर, २० थान पलास्टिकको डस्वीन, २० थान १३ लिटरको स्टिलको फिल्टर र दुई सय थान १२५ ग्रामको साबुन हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष थापाले जिल्लामा नयाँ भेरियन्ट सहित तिव्र गति फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण र संक्रमितहरुको उपचारमा सहयोग पु¥याउन नगरपालिकालाई स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरिएको बताए ।
दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले देश दोस्रो चरणको कोभिड–१९को संक्रमणले आक्रान्त भईरहेको बेला साझेदार निकायहरुको सहयोग महत्वपूर्ण रहेको बताए । उनले महामारीको समयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । सामग्री हस्तान्तरण कार्यक्रममा दुल्लु नगरपालिकाका सुचना अधिकारी समशेर बहादुर शाही, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम संयोजक पुस्कर शर्मा लगाएत सहभागि थिए ।

प्रतिक्रिया