कोरोना संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नेपाल महिला संघको आग्रह

कोरोना संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नेपाल महिला संघको आग्रह

दैलेख : नेपाल महिला संघ जिल्ला कार्य समिति दैलेखले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । नेपाल महिला संघले कोरोना महामारी रोकथाम, नियन्त्रण तथा बिरामीहरुको उपचारका लागि प्रभावकारी कदम चाल्न र संवेदनशील भईदिन स्थानीय, प्रदेश र संघीय सरकार तथा सम्बद्ध सबै निकायहरुलाई आग्रह गरेको हो । नेपाल महिला संघ जिल्ला कार्य समिति दैलेखका अध्यक्ष सिता कुमारी रानाद्धारा हस्ताक्षरित अपिल पत्रमा नागरिकको जीवनरक्षाका लागि सरकारको पहिलो दायित्व भएको उल्ले छ ।
अपिल पत्रमा भनिएको छ ‘ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर नेपालले पनि सामना गरिरहेको छ, नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को संक्रमण दैलेख सहित नेपालभर तिब्र फैलिईरहेको छ । कोरोना संक्रमणबाट सबै उमेर समुहका मानिसहरुमा जोखिममा रहेको देखिएको छ, संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दैलेख सहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा समेत जारी गरिएको छ ।’
विषम परिस्थितीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, अत्यावश्यक काम भएमा नाक र मुख छोपिने गरि मास्कको प्रयोग गरेर मात्र निस्कन, सामाजिक दुरी कायम गर्न, स्यानीटाइजरको नियमित प्रयोग वा साबुन पानीले मिचिमिचि कम्तीमा २० सेकेन्ड हात धुन र कोरोना संक्रमणको लक्षण देखा परेमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत अपिलपत्र मार्फत आग्रह गरिएको छ । दैलेख जिल्लामा संक्रमणको दर बढ्न थालेपछि स्थानीय प्रशासनले बैशाख २१ गते राती १२ बजेदेखि बैशाख २८ गते राती १२ सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया