‘सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !’

          |   प्रकाशित मितिः बुधबार, बैशाख २९, २०७८     ::: 93 पटक पढिएको   |  

सरकार !
तेरो पानीजहाज लैजा
चुच्चे रेल लैजा 
तेरो स्मार्ट- सिटी लैजा

समृद्धिको भेल लैजा

तेरो उद्घाटन लैजा, शिलान्यास लैजा

पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा

मेरा बाको औंठी लैजा, घडी लैजा

मेरी आमाको तिलहरी लैजा

सरकार !

यी सबैको बदलामा तैंले

मलाई एक सिलिन्डर अक्सिजन दे !

-प्रस्तुत कविता कवि अर्जुन पराजुलीको फेसबुकबाट साभार गरिएको हो ।



Leave a comment

Your email address will not be published.


*