बालबालिकालाई खाद्यान्न सहयोग

बालबालिकालाई खाद्यान्न सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । जिल्लाको नारायण नगरपालिका–१ का कोरोना प्रभावित तीन जना बालबालिकालाई खाद्यान्न सहयोग गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ ले बालबालिकाहरुलाई सहयोग उपलब्ध गराएको हो ।
अभिभावक कोरोना भाइरस (कोभिड–१९) सक्रमित भई उपचारमै रहेकाले बालबालिकालाई छाक टार्न समस्या भएपछि सहयोग उपलब्ध गराईएको हो । २ बोरा चामल, ३ लिटर तेल, ५ केजी, ३ वटा ब्रस, ३ वटा मन्जन, ६ वटा साबुन, सरफ, सर्जिकल मास्क र स्यानीटाइजर प्रदान गरिएको हो । शुक्रवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले खाद्यान्न हस्तान्तरण गरेका हुन् । ती बालबालिका हाल छिमेकीको घरमा बसोेबास गर्दै आएका छन् ।

प्रतिक्रिया