दुल्लु अस्पताल सहित नगरपालिका र स्वास्थ्य चौकीलाई सोसेक नेपालको स्वास्थ्य सामग्री

दुल्लु अस्पताल सहित नगरपालिका र स्वास्थ्य चौकीलाई सोसेक नेपालको स्वास्थ्य सामग्री

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले दुल्लु अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ । सोसेकले दुल्लु अस्पताल सहित दुल्लु नगरपालिका, स्वास्थ्य चौकी मालिका र स्वास्थ्य चौकी गौरी र समुदायस्तरमा वितरण गर्ने गरी स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

सोसेकले नर्मल मास्क, स्यानीटाइजर, ग्लोब्स, एन नाइन्टी फाइभ मास्क, थर्मल गन, पीपिई सेट लगाएतका विभिन्न प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ । डिसीए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैैलेखले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

यी सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, पूर्व अध्यक्ष एवं सल्लाहकार समिति संयोजक सिता राना, कार्यक्रम संयोजक पुस्कर शर्मा, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी सहितको टोलीले दुल्लु अस्पताल, स्वास्थ्य चौकी मालिका, गौरी र नगरपालिकाको स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको छ ।


संस्थाका अनुसार दुल्लु अस्पताललाई एक हजार वटा नर्मल मास्क, एक सय बोटल स्यानीटाइजर, ३ सय वटा ग्लोब्स, एक सय वटा एननाइन्टी फाइभ मास्क, दुई वटा थर्मल गन र १० सेट पीपिई प्रदान गरिएको हो । यस्तै दुल्लु नगरपालिकाको स्वास्थ्य शाखालाई दुई हजार वटा नर्मल मास्क, एक सय वटा एननाईन्टी फाइभ मास्क र दुई वटा थर्मल गन प्रदान गरिएको छ ।

त्यसैगरी स्वास्थ्य चौकी मालिकालाई एक हजार वटा नर्मल मास्क, एक सय बोटल सेनीटाइजर, एक सय वटा ग्लोब्स, ५० वटा एन नाइन्टी फाइभ मास्क, एक वटा ५० थर्मल गन र ५ सेट पीपीई प्रदान गरिएको हो । यस्तै स्वास्थ्य चौकी गौरीलाई एक हजार वटा नर्मल मास्क, एक सय बोटल स्यानीटाइजर, एक सय वटा ग्लोब्स, ५० वटा एन नाइन्टीफाइभ मास्क, एक वटा थर्मल गन र ५ सेट पीपीई प्रदान गरिएको छ ।

त्यसैगरी दुल्लु नगरपालिकाका विभिन्न समुदायस्तरमा वितरण गर्नका लागि ५ हजार वटा मास्क र २ सय वटा स्यानीटाइजर हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया