बाल हेल्पलाइनद्धारा खाद्यान्न सहयोग

बाल हेल्पलाइनद्धारा खाद्यान्न सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ले खाद्यान्न सहयोग गरेको छ । दैलेख सदरमुकाममा ज्यालामजदुरी गर्दै आएका बर्दियाका एलिया गुरुङ्गको परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । ज्याला मजदुरी गर्दै आएका उनको श्रीमती र ३ छोरी छन् ।
उनै गुरुङ्ग कोेरोना भाइरस (कोभिड–१९) संक्रमित भई ज्यालामजदुरी गर्न÷काममा जान नसकेका कारण खाद्यान्नको अभाव झेलिरहेका थिए । घरमा खाद्यान्न समस्या भएको र जोखिममा परेका बालबालिकालाई सहयोग अन्तरगत गुरुङ परिवारलाई चामल, दाल, नुन, तेल, सावुन र माक्स सहयोग गरिएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया