कोरोनाबाट बच्न बालबालिकाले बनाए आचारसंहिता

कोरोनाबाट बच्न बालबालिकाले बनाए आचारसंहिता

दैलेख : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न गुराँस गाउँपालिकाका बालबालिकाहरुले समेच आ–आफ्नो घरमा आचारसंहिता निर्माण गरेका छन् । गुराँस गाउँपालिकाका–८ स्तरिय बाल संजालले आचारसंहिता निर्माण गरेका हुन् ।
छोटेपोखरा र धरमपमेखरा टोलमा बाल संजालका सदस्यको घरमा कोरोना भाइरस सम्बन्धि कोरोनाका लक्षण, कोरोनाबाट बच्ने उपायको सन्देशमुलक चित्र, अचारसंहिता बनाएका छन् । उनिहरुले बिद्यालय बन्द भएपनि नियमित रूपमा घरमा बसि अध्ययनलाई निरन्तरता दिईरहेका छन् ।
कोरोनाबाट बच्न सन्देशमुलक चित्र र आचारसंहिता निर्माण गरेको वडा बालसंजालका अध्यक्ष भुपेन्द्र सुनारले बताए । बालबालिकाहरुलाई सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले सहजिकरण गरिरहेको छ ।

प्रतिक्रिया