दैलेख अस्पताललाई अक्सिजन फ्लोमिटर सहयोग

दैलेख अस्पताललाई अक्सिजन फ्लोमिटर सहयोग

दैलेख : दैलेख अस्पताललाई अक्सिजन फ्लोमिटर सहयोग गरिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेख अन्तरगर्तको अस्पताललाई अक्सिजन फ्लोमिटर सहयोग गरिएको हो । दैलेखको नारायण नगरपालिका–२ जन्मघर भई हाल संयुक्त राज्य अमेरिकाको भर्जिनियामा बस्दै आएकी समाजसेवी जयन्ती कुमारी थापाको सहयोगमा अक्सिजन फ्लोमिटर प्रदान गरिएको हो । समाजसेवी थापाको सहयोगमा खरिद गरि दैलेख ल्याईएको ६ थान अक्सिजन फ्लोमिटर आइतवार हस्तान्तरण गरिएको छ ।
अक्सिजन फ्लोमिटर कलाकार लोकेन्द्र जिसी कुमारले स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका छन् । कलाकार लोकेन्द्र जिसी कुमारले कोभिड–१९ रोगबाट संक्रमितहरुलाई उपचारमा सहयोग होस भन्ने उदेश्यले समाजसेवी जयन्ती कुमारी थापाको सहयोगमा अक्सिजन फ्लोमिटर खरिद गरेर हस्तान्तरण गरेको बताए ।
अक्सिजन फ्लोमिटर हस्तान्तरणसँगै समाजसेवी थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत समन्वय गर्ने कलाकार लोकेन्द्र जिसी कुमारलाई धन्यवाद दिएकी छिन् । उनले लेखेकी छिन् ‘मेरो जन्मभूमी, देवलोकको भुमि अनि, ज्वालाभुमी दैलेख जिल्लामा करिव एक महिनाको अथक प्रयासपछि महामारीले पीडित बिरामीलाई अक्सिजन प्रवाहमा सहज होस् भन्ने उदेश्यले ६ थान उपकरण अक्सिजन फ्लोमिटर स्वास्थ्य सेवा कार्यालय दैलेखलाई हस्तांतरण गर्ने अवसर प्राप्त गरेको छु ।’

 

प्रतिक्रिया