राउटे युवतीमाथी अश्लिल हर्कत गर्नेमाथी कारबाहीको माग

राउटे युवतीमाथी अश्लिल हर्कत गर्नेमाथी कारबाहीको माग

दैलेख : टिकटक भिडियो खिच्ने बाहानामा राउटे समुदायकी २ युवती माथि यौन दुव्र्यवहार भएको घटना राउटे समुदायको सँस्कृति र सामाजिक मान्यता कुल्चने काम भएको भन्दै दैलेखका नागरिक समाज संस्थाहरुले बिरोध गरेका छन् ।
राउटे समुदायको उत्थान र विकासका काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष टीकादेवी जैसी, नागरिक समाज संयोजक खड्गबहादुर सिजापति र इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनाको बिरोध गरेका हुन् ।
गुर्भाकोट नगरपालिका–११ आँपसोती जनैघाटस्थित एक होटलमा दुई जना राउटे युवती माथि भएको यौन दुव्र्यवहार घटनामा आरोपितहरु गुर्भाकोट नगरपालिकाका बासिन्दा चमन घर्ती (जोगी), भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनमगरलाई कडा कारवाहीको माग गरिएको छ ।
विज्ञप्तीमा राउटे समुदायलाई परिचय–पत्र वितरण गरेको दैलेखको गुराँस गाउँपालिकाले राउटे बस्तीमा प्रवेश गर्न पूर्व अनुमती लिनुपर्ने व्यवस्था कडाईका साथ कार्यान्वयन गर्नुपर्ने यो घटनाले आवश्यकता पुर्नपुष्टि भएको उल्लेख गरिएको छ ।
राउटे बस्तीमा फोटो र भिडियो खिच्दा वा अडियो रेकर्ड गर्दा सामाजिक मुल्य मान्यता र मर्यादा कायम गरी प्रश्न गर्ने, त्यस अनुसार राउटे नागरिकहरुको धारणा लिएर आमसञ्चार र सामाजिक सञ्जालमा प्रयोग गर्न पाइने कार्यविधि वा स्पष्ट कानूनी व्यवस्था गर्न नागरिक समाज संस्थाहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया