खोलाले बगाउँदा बेपत्ता

खोलाले बगाउँदा बेपत्ता

सांकेतिक तस्विर

दैलेख : खोलाले बगाउँदा दैलेखमा एक जना बेपत्ता भएका छन् । जिल्लाको भैरबी गाउँपालिका–२ रावतकोट देउलाका ५० बर्षीया केशरबहादुर थापा बेपत्ता भएका हुन् । उनि बिहीवार दिउँसबाट बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
बुधवार उनि घर देखी चार किमी टाढा रहेको खेतमा धानको बीउ राख्न गएका थिए । धानको बीउ राखेर घर तर्फ फर्कने क्रममा उनलाई स्थानीइ परिगार्ड खोलाले बगाएका हो । परिगार्ड खोलामा तटबन्ध तथा सिचाई कुलो योजना निर्माण कार्य भईरहेको थियो । उक्त योजनाको लागी जाली भर्ने काम भएको र निरन्तर बर्षातको कारण खोला बढेर जाली बगाउन खोज्दा उक्त जाली तान्ने क्रममा जाली सहीत थापालाई खोलाले बगाएको प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए ।
खोलाले बगाएका थापाको खोजी कार्य भईरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थानीय बासी र प्रहरी चौकी भैरबीबाट खटिएको प्रहरी टोलीले बेपत्ता रहेका थापाको खोजी कार्य भईरहेको छ ।

 

प्रतिक्रिया