कालिकोटमा जीप दुर्घटना : एकको मृत्यु, चार घाइते

कालिकोटमा जीप दुर्घटना : एकको मृत्यु, चार घाइते

कालिकोट : जिल्लाको रास्कोट नगरपालिका वडा नं. ६ कालापानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिकाको शेराचौरदेखि लालिघाट बजार आउँदै गरेको क १ ज २३ नम्बरको जीप कालापानी मोडमा अनियन्त्रित भएर दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र शाहीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा रास्कोट नगरपालिका वडा नं. ३ की पम्फा फडेरा रहेकी छन् । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा रास्कोट नगरपालिका वडा नं. ३ का चक्रनाथ योगी, वडा नं. २ का कविराज न्यौपाने, वडा नं. ६ का ध्वजबहादुर शाही र मैना शाही रहेका छन् । गाडी चालक सान्नीत्रिवेणी गाउँपालिका वडा नं. ९ मुम्राका खेमराज केसी सामान्य घाइते छन् ।

प्रहरी निरीक्षक शाहीका अनुसार मृतक फडेराको रास्कोट सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ भने घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया