मिनि ट्रकको ठक्करबाट १ जनाको मृत्यु

मिनि ट्रकको ठक्करबाट १ जनाको मृत्यु

दैलेख : कर्णाली राजमार्ग खण्डमा पर्ने दैलेखकाे दुल्लु नगरपालिका-२ कुवाखोलामा भएको सवारी दुर्घटनामा एक जनाकाे ज्यान गएको छ ।

सुर्खेतबाट जुम्ला तर्फ जादै गरेको भे १ ख २३९७ नम्बरको मिनि ट्रकले दुल्लु नगरपालिका-६ तोलीपानीका १७ वर्षीय यज्ञबहादुर घर्तीकाे ज्यान गएको प्रहरीले जनाएको छ ।

सडक बिभागमा काम गर्ने घर्ती सडकको साईडमा काम गरिरहेको अवस्थामा मिनिट्रकले दिएको ठक्करले घटनास्थलमा मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताउनुभयाे ।

प्रतिक्रिया