भीरबाट खसेर किशोरीको मृत्यु

भीरबाट खसेर किशोरीको मृत्यु

दैलेख : दैलेखमा गोठालो गएको बेला भीरबाट खसेर एक किशोरीको मृत्यु भएको छ । भगवतीमाई गाउँपालिका–४ की १७ बर्षीया टिका बिसीको मृत्यु भएको हो । यस्तै सोही ठाउँकी १५ बर्षीपा रोशनी थापा घाइते भएकी छिन् ।

उनिहरु बिहीवार घरदेखि पश्चिम तर्फ रहेको जंगलमा गोठालो गएका थिए ।गोठालो गएको बेला भीरबाट झण्डै ३ सय मिटर तल खसेर दुवै जना घाइते भएको थिए ।

घाइते भएको दुई जना मध्ये टिका बिसीको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । यस्तै घाइते रोशनी थापालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।

प्रतिक्रिया