बसले जीपलाई ठक्कर दिँदा ३ बालबालिका सहित ७ घाइते

बसले जीपलाई ठक्कर दिँदा ३ बालबालिका सहित ७ घाइते

दैलेख : कर्णाली राजमार्गमा बसले जीपलाई ठक्कर दिँदा ३ बालबालिका सहित ७ जना घाइते भएका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिका–७ रामघाटमा बसले जीपलाई ठक्कर दिएको हो । ठाटीकाँध गाउँपालिकाबाट सुर्खेत तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०२०४ नम्बरको जिपलाई नेपालगंजबाट मुगु तर्फ जाँदै गरेको ना ६ ख ७४१९ नम्बरको बसले ठक्कर दिएको हो ।

बसले जीपलाई ठक्कर दिँदा ठाटीकाँध गाउँपालिका–३ बस्ने २१ बर्षीया मनिषा सारु मगर, २१ बर्षीया कल्पना तारामीमगर, २८ बर्षीय हिमाल बोगटी, ९ बर्षीया जीवन बोगटी, ७ बर्षीया कमला लामिछाने, १ बर्षीया लिजा आलेमगर र कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २४ बर्षीय खगेन्द्र अधिकारी घाइते भएका छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको र घाइतेहरुको कर्णाली राजमार्गमै रहेको साङलेतडास्थित स्थानिय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक राजेश साहुले बताए । प्रहरी निरिक्षक साहुका अनुसार बस, जीप र दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्करबाट जीपमा क्षती पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया