मृत्यु दाबी भुक्तानी

मृत्यु दाबी भुक्तानी

दैलेख : एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ४२ हजार ६ सयको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कोरोना संक्रमणका कारण ज्यान गुमाएका दैलेखको दुल्लु नगरपालिका–७ का डिलबहादुर खड्काको परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

खड्काको श्रीमती सिता कुमारी पुरीलाई मृत्यु दाबी बापत रकमको चेक हस्तान्तरण गरिएको हो । खड्काले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा एक लाख रुपैयाँको सर्वाधिक जीवन बिमा गरेका थिए । खड्काको परिवारमा श्रीमती एक छोरा र एक छोरी छन् ।

दुल्लु नगरपालिका–७ का वडाध्यक्ष लालबहादुर रावत, वडा नम्बर ३ का अध्यक्ष कलम खनाल, वडा सदस्य टोपबहादुर थापा, एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दैलेख शाखाका प्रबन्धक डम्मर ढकाल, सिनियर एजेन्सी म्यानेजर शिव प्रकाश अचार्यलगायतको उपस्थितिमा मृत्यु दाबी बापतको रकम हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया